Posts

Showing posts from 2014

नेपाली माटो

के दिउ खै नेपाल आमा तिम्रो मातृस्नेहको साटो, मलाई सार्है प्यारो लाग्छ यो नेपाली माटो।।१।। देशका लागि जुन शहिदले निले गोलि तातो, ती शहिदको रगतको यो नेपाली माटो ।।२।। नेपालको धनिमानी साँस्कृतिक पाटो, त्यै साँस्कृती मौलाउने यो नेपाली माटो ।।३।।