के काम?
जाँदैन दाग त्यो घाउको भने अब धोएर के काम जानु थियो गैसक्यो, उस्को लागि अब रोएर के काम। छुटिसक्यो ऊ तिमीबाट अब फर्किन्न कहिल्यै पनि सास छाडिसक्यो बोल्दैन मुर्दा, भने अब छोएर के काम। हुँदैन भन्दाभन्दै जस्को पछि लागेउ ज्यूज्यान दिएर फर्किदैन तिमीतिर उ, ढुङ्गाको मुर्ति अब ढोगेर के काम। समय अनि मान्छेको मन सधैं एकनास कहिले थियो र? निष्ठुरीलाई बिर्सिन्छु भन्दै, रक्सी अब धोकेर के काम। अरु अघि बढिसके म त ज्युकात्यु छु केही गर्नलाई ढिलो भयो बर्बाद भए म, भन्दै अब सोचेर के काम।