पथभ्रष्ट
पथबाट बिचलित हुँदैछु आज म खै किन उदेश्यमा अटल रहन म कसरी सकिन? देख्दैछु आज मेरो भविस्यको दुर्दशा पथभ्रष्ट हुने लिए मैले यो कस्तो नसा? सानो कुरामा नि मन लगाउने थियोे बानी लेख्दै छु म खै कस्तो मेरो जिबनको कहानी? बिचारहरु छैनन एकमत, सबै छन छरप्रस्ट लक्ष्यबाट बिमुख,खै कसरी भए म पथभ्रष्ट?