Posts

Showing posts from July, 2016

दुनियाँमा अचेल...

यहा त केबल स्वार्थ राख्ने मात्र देखिन्छन् तिमीले बोलाए मात्र बोलिदिने भेटिन्छन् यो निर्दयी निर्मम दुनियाँमा अचेल साथ त दुई चार पाइला मै मेटिन्छन। ईमान र बफादारिको त कुरामात्रै भो नैतिक शिक्षाका कागजमा भेटिन्छन् सत्यको परिभाषा त दुनियाँमा अचेल  ज्ञानि र विद्वान अनुसार नै भेदिन्छ्न। मर्ममा तिमी जति धेरै तढपिन्छौ पिडाका तारहरु उसै रेटिन्छन त्यै पनि पिडा तिम्रा ज्यादै सूक्ष्म देखिन्छन् तिमिले बोलाए मात्र बोलिदिने भेटिन्छन्।