दुनियाँमा अचेल...

यहा त केबल स्वार्थ राख्ने मात्र देखिन्छन्
तिमीले बोलाए मात्र बोलिदिने भेटिन्छन्
यो निर्दयी निर्मम दुनियाँमा अचेल
साथ त दुई चार पाइला मै मेटिन्छन।

ईमान र बफादारिको त कुरामात्रै भो
नैतिक शिक्षाका कागजमा भेटिन्छन्
सत्यको परिभाषा त दुनियाँमा अचेल 
ज्ञानि र विद्वान अनुसार नै भेदिन्छ्न।

मर्ममा तिमी जति धेरै तढपिन्छौ
पिडाका तारहरु उसै रेटिन्छन
त्यै पनि पिडा तिम्रा ज्यादै सूक्ष्म देखिन्छन्
तिमिले बोलाए मात्र बोलिदिने भेटिन्छन्।

Comments

Popular posts from this blog

महसुश

के काम?

मौसम