मौसम


रुखका पातहरु अचेल
सुकेर झरेको देख्छु ।
हावाको सानै झोकमा कतै
लुकेर बहेको देख्छु ।।
हिजोका ती हरिया
ति रुखका पालुवा,
मौसमको परिवर्तनसंगै
पहेँलिएर झरेको देख्छु ।
रुखका हागामा फलसङै
झुकेर लहेरेको देख्छु ।।
मौसमसंगै यिनका बैंस पनि
सुकेर झरेको देख्छु।
हावाको सानै झोकमा कतै
लुकेर बहेको देख्छु ।।।

Comments

Popular posts from this blog

महसुश

के काम?