Posts

Showing posts from 2017

म राम्रो म

म शब्दमा एक्लो, तर अरुले गन्ने म। तँ र म मा मात्रा लगाए तिमि बन्ने म।।१।। म शब्दको दुनियाँमा टुहुरो, तर तिम्रो लागि प्यारो, राम्रो म। अरुको काम बिगार्दा कति चाम्रो म, तर हामी र हाम्रोमा चाहिँ कति राम्रो म।।२।। प्रसंशा गर्दा उनको म, बिरोध गर्दा उसको म। अहो कति राम्रो म, अहो कति चाम्रो म।।३।। म बिना हजुर कति बिरानो, म बिना तँ कति नराम्रो। त्यसैले तपाईं, उहाँ, मौसुफ भन्दा नि, कति राम्रो, राम्रो म, म राम्रो ।।४।।

याद

सम्झेर तिमीलाई, भइ एकचित्त मुस्कुराउछु किन, म बिनासित्त? सम्झेर तिम्रो, त्यो मधुर बोली उघार्छु किन, त्यो यादको झोली? ति यादका लहर, ति यादका बाढी थाहा छैन किन, आउँछन अगाडि? बनेर बाढी ति, बनेर खोला याद ति तिम्रा,किन आउँछन होला?

महसुश

उनीहरुका लागि म अधुरो भए कि मेरा लागि उनीहरु अधुरा भए, कमी कमजोरी खै कसका भए तर बातचीत हामीबीच मधुरा भए । रस परेका ति बातहरु छोटिएका ति रातहरु खै  हामीबीच के कस्ता कस्ता कुरा भए   तर जस्ता भए ति सबै मधुरा भए।।