याद

सम्झेर तिमीलाई, भइ एकचित्त
मुस्कुराउछु किन, म बिनासित्त?

सम्झेर तिम्रो, त्यो मधुर बोली
उघार्छु किन, त्यो यादको झोली?

ति यादका लहर, ति यादका बाढी
थाहा छैन किन, आउँछन अगाडि?

बनेर बाढी ति, बनेर खोला
याद ति तिम्रा,किन आउँछन होला?

Comments

Popular posts from this blog

महसुश

के काम?

मौसम