म राम्रो म

म शब्दमा एक्लो,
तर अरुले गन्ने म।
तँ र म मा मात्रा लगाए
तिमि बन्ने म।।१।।
म शब्दको दुनियाँमा टुहुरो,
तर तिम्रो लागि प्यारो, राम्रो म।
अरुको काम बिगार्दा कति चाम्रो म,
तर हामी र हाम्रोमा चाहिँ कति राम्रो म।।२।।
प्रसंशा गर्दा उनको म,
बिरोध गर्दा उसको म।
अहो कति राम्रो म,
अहो कति चाम्रो म।।३।।
म बिना हजुर कति बिरानो,
म बिना तँ कति नराम्रो।
त्यसैले तपाईं, उहाँ, मौसुफ भन्दा नि,
कति राम्रो, राम्रो म, म राम्रो ।।४।।

Comments

Popular posts from this blog

महसुश

के काम?

मौसम