म राम्रो म
म शब्दमा एक्लो, तर अरुले गन्ने म। तँ र म मा मात्रा लगाए तिमि बन्ने म।।१।। म शब्दको दुनियाँमा टुहुरो, तर तिम्रो लागि प्यारो, राम्रो म। अरुको काम बिगार्दा कति चाम्रो म, तर हामी र हाम्रोमा चाहिँ कति राम्रो म।।२।। प्रसंशा गर्दा उनको म, बिरोध गर्दा उसको म। अहो कति राम्रो म, अहो कति चाम्रो म।।३।। म बिना हजुर कति बिरानो, म बिना तँ कति नराम्रो। त्यसैले तपाईं, उहाँ, मौसुफ भन्दा नि, कति राम्रो, राम्रो म, म राम्रो ।।४।।