आभार!

आभार! ती मनप्रति
जो छोटो समयलाई भेटिए
छोटो समयमै छुट्टिए
न भेटिने कारण बताए
न छुट्टिने बहाना बताए
बस छुट्टिए केही नभनी
आभार! त्यो छोटो साथको लागि !

आभार! ति बोलिप्रति
जो दुई दिनअघि हौसिदै फुटे
जो दुइदिनपछि नैरासिदै छुटे
न हौसिने चाहना थाहा भयो
न नैरासिने बहाना थाहा भयो
बस छुट्टिए केही नबोली
आभार! त्यो छोटो उत्साह प्रति!

आभार! त्यो साथ जो महिनौ रह्यो
जो निस्वार्थ जोडिए
जो स्वार्थसँग छोटिए
न जोडिनुको औचित्य बुझियो
न छोटिनुको दूरी भेटियो
बस छुट्टिए कुरै नगरी
आभार! त्यो पलभरको साथ प्रति !

Comments

Popular posts from this blog

महसुश

के काम?

मौसम