भुकम्प...
थाहा छ हामीलाई आज हामी बिपतमा छौ विलम्ब आउँछ राहत हामी विकटमा छौ ।।१।। विपतमा सहयोग गर्दैछौ त्यति मात्र बुझेउ हामीले किनकि तिमी हाम्रो छिमेकी, हाम्रो निकटमा छौ ।।२।। नबुझ तिमी यिनिहरु यतिबेला गलेका छन यिनका वास जस्तै यिनिहरु पनि ढलेका छन ।।३।। मौका यही हो चौका मार्ने ढाडस दिएर नसोच्नु कदापि,अझै पनि हाम्रा पाखुरी चलेका छन ।।४।।