सायद
सायद यस्तो हुन्थ्यो कि
म भन्थे तिमिलाई मेरा मनका कुरा,
तिमी बुझ्थेउ मेरा मनका भाव
म सुनाउथे तिमीलाइ प्रीतका धुन
तिमि बुनाउथेउ मलाई जिन्दगीका ख्वाब।
म ल्याउथे तिमिलाई खुशीका पल
तिमी मिलाउथेउ आफ्ना स्नेहका हात
म भर्थे तिमिसंग जिन्दगीका हरेक रङ
तिमी रहन्थेउ हरपल केवल मेरो साथ ।।
सायद येस्तै हुन्थ्यो जिन्दगी.........
सायद,सायद................
Comments
Post a Comment