संयोग मात्र हुनेछ
हुनसक्छ
यो तिम्रो जीवनसँग मेल खाँदैन
हुनसक्छ
यो उस्को जीवनसँग नि मेल खाँदैन
तर कसै न कसैको त जीवनसँग
मेल खान्छ होला
वास्तविक जीवनसँग मेल खादा
आँसुको त भेल जान्छ होला।
मेल त्यसैको खान्छ, जोसँग गराइन्छ
जसलाई हेरेर कथा बनाइन्छ
कथा त्यसैको हुनेछ
जस्को हलचल खत्रा हुनेछ
त्यै पनि सम्झाइन्छ
वास्तविक जीवनसँग मेल खाएमा
संयोग मात्र हुनेछ?
यहाँ घुस खानेहरू
खुलेआम छन
इमानको खानेहरू
गुमनाम छन
तैपनि खानेले खायो भन्न नि
इमानीको इमान गयो भन्न नि
कथाकारले कथा लेखेजस्तो लेख्न
आयोग मात्र हुनेछ
तैपनि पुनश्च भिडाइनेछ
वास्तविक जिबनसंग मेल खान गएमा
संयोग मात्र हुनेछ।
Comments
Post a Comment