कथाले मागेपछि...
जब सीधा हिँड्छु भन्दाभन्दै
टेढीन बाध्य बनाइएपछि
जब नराम्रो सुन्दिन भन्दाभन्दै
सुन्न बाध्य बनाइएपछि
झुठ बोल्न र सुनाउन
लाजै भागेपछि
औंलालाई टेडो र
दिमागलाई भेडो बनाउनुपर्दो रैछ
कथाले मागेपछि।
जब सत्य सबै सारमा
सुनाउँछु भन्दाभन्दै
सुन्नेले कुरा नसुनेपछि
जब सम्झाउँछु बुझाउँछु भन्दाभन्दै
बुझ्नेले बुझ पचाएपछि
चोर्नेले चोरी बचाएपछि
सोझोलाइ नि बांगो र
सन्तलाइ नि नागों बनाउनुपर्दो रैछ
कथाले मागेपछि।
Comments
Post a Comment