Posts

Showing posts from February, 2018

एक्लो म

हरेक यात्रामा अक्सर प्रेम परिरहन्छ न ऊनी बोल्छिन न म नै बोल्छु केबल हाम्रा आँखा बोल्छन्, जुधिरहन्छ।। तर बीचमै उनको यात्रा  अचानक टुंगिन्छ । उनको यात्राको अन्त्यसंगै मेरो प्रेमयात्रा पनि टुंगिन्छ तर यात्रा चलिरह्यो र चलिरहन्छ ।। यही सिलसिला अक्सर चलिरहन्छ हरेक यात्रामा अनन्तकालसम्म। फेरिन्छन त केबल यात्रु, यात्रा र उनी फेरिदैन एउटै पात्र, उहि एक्लो म।।

अन्जान बाटो

हिजो संगसंगै जिउने भनेका ति कसमहरु एकअर्का बिना बाँच्नै नसक्ने ति खसमहरु अचानक मोडिदिन्छन ति बाटोहरु रोजिदिन्छन कलहका पाटोहरु बिनापानीसरि तढपिन्छन विचरा भुरा माछाहरु अन्योलमा पर्छन बिचसडकमा दुधे बाच्छाहरु। हिजो एउटै बन्धनमा बाँधिएका ति हत्कडीहरु संगै जोतौला भनी जोडिएका ति हलजोडिहरु सस्तै हिसाबको जोडघटाउमा फेर्दिन्छन हातहरु यात्राको बिचमा कतै तोड्दिन्छन अटुट साथहरु तर अलमलमा छन हेर ति विचरा भुराहरु खै कसरी सुल्झिने हुन यिनका भविष्यका कुराहरु। घाम र पानी बन्न नसक्दा फाटिएका सम्बन्धका चिराहरु कलिलै उमेरमा अनपेछित भोगिएका ति फगत पिडाहरु खै कस्ले छुट्याउने हुन यिनका ठिक बेठिकका लतहरु खै कसरी छुट्याउने हुन यिनले सहि गलतका संगतहरु।

नसुनाऊ......

सुन्नुछैन भो मलाई अब त्यसबारे नसुनाउँ कहाँ कसले कसरी लुटयो देशबारे नसुनाउँ यो कान थाकिसक्यो अब ज्यान दुःखिसक्यो के कसरी फेरियो दुनियाँ र भेषबारे नसुनाऊ देखिसके अब भोगिसके सारा दुनियाका रंगहरु कस्ले के कसरी फुलायो सेतै केशबारे नसुनाउ भुलीसके सबै कुरा खुलीसके सारा राजलिला कस्ले कसरी जित्यो त्यो खेल चेसबारे नसुनाऊ यहाँ आफ्नै कहानीले महाभारत बनाईसक्यो को के कसरी लड्यो र खायो ठेसबारे नसुनाउ बाँकी छैन केही आफ्नै ज्यान पनि छ लिलामीमा कसको कहाँ कति बच्यो शेषबारे नसुनाऊ आफ्नै विवेकले नि बुझ्दैन अचेल हो कि होइन केे कुरा कसरी गलत भयो या बेसबारे नसुनाउ सुन्नुछैन भो मलाई अब त्यसबारे नसुनाउँ कहाँ कसले कसरी लुटयो देशबारे नसुनाउँ