एक्लो म

हरेक यात्रामा अक्सर
प्रेम परिरहन्छ
न ऊनी बोल्छिन
न म नै बोल्छु
केबल हाम्रा आँखा
बोल्छन्, जुधिरहन्छ।।
तर बीचमै उनको यात्रा 
अचानक टुंगिन्छ ।
उनको यात्राको अन्त्यसंगै
मेरो प्रेमयात्रा पनि टुंगिन्छ
तर यात्रा चलिरह्यो
र चलिरहन्छ ।।
यही सिलसिला अक्सर चलिरहन्छ
हरेक यात्रामा
अनन्तकालसम्म।
फेरिन्छन त केबल
यात्रु, यात्रा र उनी
फेरिदैन एउटै पात्र,
उहि एक्लो म।।

Comments

Popular posts from this blog

महसुश

के काम?

मौसम