नसुनाऊ......

सुन्नुछैन भो मलाई अब त्यसबारे नसुनाउँ
कहाँ कसले कसरी लुटयो देशबारे नसुनाउँ

यो कान थाकिसक्यो अब ज्यान दुःखिसक्यो
के कसरी फेरियो दुनियाँ र भेषबारे नसुनाऊ

देखिसके अब भोगिसके सारा दुनियाका रंगहरु
कस्ले के कसरी फुलायो सेतै केशबारे नसुनाउ

भुलीसके सबै कुरा खुलीसके सारा राजलिला
कस्ले कसरी जित्यो त्यो खेल चेसबारे नसुनाऊ

यहाँ आफ्नै कहानीले महाभारत बनाईसक्यो
को के कसरी लड्यो र खायो ठेसबारे नसुनाउ

बाँकी छैन केही आफ्नै ज्यान पनि छ लिलामीमा
कसको कहाँ कति बच्यो शेषबारे नसुनाऊ

आफ्नै विवेकले नि बुझ्दैन अचेल हो कि होइन
केे कुरा कसरी गलत भयो या बेसबारे नसुनाउ

सुन्नुछैन भो मलाई अब त्यसबारे नसुनाउँ
कहाँ कसले कसरी लुटयो देशबारे नसुनाउँ

Comments

Popular posts from this blog

महसुश

के काम?

मौसम