अन्जान बाटो
हिजो संगसंगै जिउने भनेका ति कसमहरु
एकअर्का बिना बाँच्नै नसक्ने ति खसमहरु
अचानक मोडिदिन्छन ति बाटोहरु
रोजिदिन्छन कलहका पाटोहरु
बिनापानीसरि तढपिन्छन विचरा भुरा माछाहरु
अन्योलमा पर्छन बिचसडकमा दुधे बाच्छाहरु।
संगै जोतौला भनी जोडिएका ति हलजोडिहरु
सस्तै हिसाबको जोडघटाउमा फेर्दिन्छन हातहरु
यात्राको बिचमा कतै तोड्दिन्छन अटुट साथहरु
तर अलमलमा छन हेर ति विचरा भुराहरु
खै कसरी सुल्झिने हुन यिनका भविष्यका कुराहरु।
घाम र पानी बन्न नसक्दा फाटिएका सम्बन्धका चिराहरु
कलिलै उमेरमा अनपेछित भोगिएका ति फगत पिडाहरु
खै कस्ले छुट्याउने हुन यिनका ठिक बेठिकका लतहरु
खै कसरी छुट्याउने हुन यिनले सहि गलतका संगतहरु।
Comments
Post a Comment