एकतर्फी
सधैंजसो तिम्रो, त्यो घरको ढोका, कति म धाई राखौं
बुझ्छेउ भन्ने, आशमा त्यो आँगन, कति म आई राखौ।
नहेरौ भन्छु तिम्लाई, मेरा यी नयनहरु, तिमीतिरै अडिन्छन्
तिम्लाई पाउँदिन, भन्दाभन्दै तिम्रोपछि, कति म लाइ राखौ।
सोच्छु कहिलेकाहीँ त, अब अति भो, बोल्दिन तिमीसंग म
मनलाई सम्झाउन, नसकी भन हरेस, कति म खाई राखौं।
तिम्रो सामु यी, शब्दहरू नी निरिह बन्छन्, थाहा छ मलाई
तानिन्छेउकी धुनमा, यो विरहको गीत, कति म गाई राखौ।
Comments
Post a Comment