आभास
तिमी मेरो आदत भएकी छौं या
म तिम्रो आदतमा छु
खै कस्तो यो अनौठो र अद्भुत
म तिम्रो तागतमा छु
मन बारम्बार घायल हुन्छ तिम्रो कारण
तैपनि म यस्तो मिठो आहतमा छु
अजीव लाग्छ आफैप्रति यी दिनहरू हेर्दा
खै म कस्तो तिम्रो चाहतमा छु।
नदेख्दा तिम्लाई खै कस्तो हो यो बेचैनी
भेटेपछि अहो कसरी म यस्तो राहत छु।
Comments
Post a Comment