मात छ अझैपनि...
उबेला तिम्ले कर्के नजरले हेरेको मलाई, हिजो जस्तै लाग्छ
ती नजर फेरि देखें आज, तिनमा क्या बात छ अझै पनि
झिमिक्क झिमक्याएको नसालु नजरको, क्या मात छ अझै पनि।
हिजो सँगै हुँदा झुक्किएर तिम्रो मेरो हात अचानक छोइदा,
त्यो स्पर्शको झटकाले यो ज्यान सिरिंग भएको, याद छ अझै पनि
त्यो स्पर्सले लागेको करेण्टको त्यो झटकाको, मात छ अझै पनि।
तिम्ले नजर मलाई दिएर मन अरु कसैलाई दिँदा,
यी नजरका नानीको पानीले सिरानी भिजाएको त्यो रात, याद छ अझै पनि
त्यै आँसुले सबेरै सम्म दुखाएको सिरको, त्यो मात छ अझै पनि।
Comments
Post a Comment