बा
जस्ले कहिल्यै दुःख र आँशु देखाएनन्
पीडाको अघि कहिल्यै गोडा टेकाएनन्
जस्ले कहिल्यै व्ययभारलाई भार मानेनन्
कहिल्यै जिन्दगीका काँडेतारलाई बार ठानेनन्
मलाई उनको त्यो शालिनता सिक्नुछ
मलाई त्यो असहजताबीचको सहजता बुझ्नु छ
मलाई बिना आँशु पीडा लुकाउने कला सिक्नु छ
मेरो "बा"को जस्तै बाँच्न सिकाउने कला सिक्नु छ।
Comments
Post a Comment