समान कहाँ हुन्छन?

ईश्वरका सृष्टी समान कहाँ हुन्छन र?
बनावट, विचार समान कहाँ हुन्छन र?
एक ईश्वर आमा घरमै त हुन्छिन
उनकै सृष्टि नि समान कहाँ हुन्छन र?
कुनै सन्तान समानान्तर रेखाजस्तै
सँगसँगै आकर्षक हुन्छन्
कोही समान ध्रुव चुम्बकका जस्तै
नजिकिँदा विकर्षण हुन्छन्।
समान कहाँ हुन्छन् र?

Comments

Popular posts from this blog

महसुश

के काम?

मौसम