चिया
जब कित्लीमा पानी उम्लिदै मस्किन्छ
तब पत्तीसंगै चिनी बेजोडले मच्चिन्छ
चिनी,पानी र पत्तीलाई एकछिन आगोले डढाउछ
अनि एउटा स्वादिलो घोलको मिश्रण बनाउछ
तब नाकले उत्ताउलो बन्दै मगजलाई तान्छ
अनि जिब्रोले आत्तिदै दुधसंग मिलाएर माग्छ
तब दाँतले हर्षित हुँदै ओठलाई उठाउछ
अनि फोक्सोले पनि लामो सास मगाँउछ
तब ओठको आड लिँदै चियाले जिब्रो समाउछ
अनि शरिरको स्नायुप्रणाली एक किसिमले रमाउछ
जस्को एक चुस्कीले यो मगज शान्त रहन्छ
जिब्रोले छोएपछि कोलाहाल जगत शान्त बन्छ
त्यो चुस्कीको नशा छुट्टै छ
चुस्कीपछि मगजको दशा छुट्टै छ।
सोच्दा त लाग्छ यो नशा कस्तो पियाको हो
तर साथी,नशा होइन मजा यस्तो चियाको हो।
Comments
Post a Comment