Posts

Showing posts from June, 2020

कुरा...

केही विगतका छन् केहि भविस्यका कुरा कति अन्जानमै भए कति हुँदैनन् दुःखैले पूरा कति आजलाई साक्षी छन् कति रहने हुन अधूरा यी सब फगत हुँदै होइनन यी हुन् तिम्रा, मेरा, हामी सबका कुरा।

आवेग

दुखाएउ मन मेरो तिम्ले तिमिसङ तर्कन मन छ तिम्लाइ छोडि आफ्नै बाटो फर्कन मन छ। म हुँदाहुदै तिम्ले अर्कै साथी खोजेउ? तिमिसङ मलाई कड्कन मन छ तिम्लाइ छोडि आफ्नै बाटो फर्कन मन छ।। साथ खोज्दा तिम्रो मैले जुन समाजको दियौ दुवाइ तिम्रो वर्तमान देखेर तिमिसङ भड्कन मन छ तिम्लाइ छोडि आफ्नै बाटो फर्कन मन छ।।। साटेउ भावना सारा मसङ्ग  काटेउ जीवन अरुसङ्गै ? भेटेर तिम्लाई रिसमा रन्कन मन छ तिम्लाइ छोडि आफ्नै बाटो फर्कन मन छ।।।। चटक्क छोडेर जादा तिम्ले के बित्यो मनमा मेरो थाहा छ तिमिलाइ? ढुकेर बाटो तिम्लाइ पर्खन मन छ तिम्लाइ छोडि आफ्नै बाटो फर्कन मन छ।।।।

देशलाई दुख्दा, किन दुख्दैन?

न कालापानीमा दुःख्छ, न सुस्तामा दूख्छ, न त लिपुलेकमा नै दुख्छ, दुःख्नुपर्ने निकाय  किन यसरी सुत्छ, खै कता लुक्छ, की के कतिमा बिक्छ? सीमामा देश दुख्दा केन्द्रमा किन नेता नीतिमा कसैको केश दुख्दैन? वर्षामा उताको नहरले  यता पानी सुक्दैन हामीलाई डुबाउँछ आफू डुब्दैन यता सबै बुझेको मान्छेलाई आफ्नै देश डुब्दा किन दुख्दैन? सीमामा देश दुख्दा केन्द्रमा किन कसैको केश दुख्दैन?

मेरी आमा

चुलो-चौका, मेलापात सबै भोगेकी उनी बुहारी नी छोरी भन्ने सोच बोकेकी उनी हिजोको अशिक्षित समाजकी भान्छे उनी आजको शिक्षित वर्ग भोगेकी मान्छे उनी उनी, उनै मेरी आमा। पहिले कुरीति र कुसंस्कारको जालो देखेकी उनी आफ्ना सन्तानको उज्ज्वल भबिष्य लेखेकी उनी हिजोको त्यो अबुझ पिडीलाई झेलिआएकी उनी आजको यो शिक्षित पिडिले पेलिआएकी उनी उनी, उनै मेरी आमा। एक हातमा गाग्री अनि अर्कोमा सन्तान धान्ने उनी आफ्नो घरपरिवारलाई नै सारा संसार मान्ने उनी हिजोको कठ्याङग्रिदो जाडो झेलिअाएकी उनी आज पनि बेमौसमी वर्षाद छेलिरहेकी उनी उनी, उनै मेरी आमा। सन्तानको खुसीको लागि झण्डै खसम बिर्सेकी उनी सँगै बाँच्नेमर्ने भनेर खाएको झण्डै कसम बिर्सेकी उनी हिजो भिरमा घाँसको लागि हँसिया चलाएकी उनी सन्तानका पिरमा आफ्ना कयौ रहर जलाएकी उनी उनी, उनै मेरी आमा।