देशलाई दुख्दा, किन दुख्दैन?
न कालापानीमा दुःख्छ,
न सुस्तामा दूख्छ,
न त लिपुलेकमा नै दुख्छ,
दुःख्नुपर्ने निकाय
किन यसरी सुत्छ,
खै कता लुक्छ,
की के कतिमा बिक्छ?
सीमामा देश दुख्दा
केन्द्रमा किन नेता नीतिमा
कसैको केश दुख्दैन?
वर्षामा उताको नहरले
यता पानी सुक्दैन
हामीलाई डुबाउँछ
आफू डुब्दैन
यता सबै बुझेको मान्छेलाई
आफ्नै देश डुब्दा किन दुख्दैन?
सीमामा देश दुख्दा
केन्द्रमा किन
कसैको केश दुख्दैन?
Comments
Post a Comment