मेरी आमा

चुलो-चौका, मेलापात सबै भोगेकी उनी
बुहारी नी छोरी भन्ने सोच बोकेकी उनी
हिजोको अशिक्षित समाजकी भान्छे उनी
आजको शिक्षित वर्ग भोगेकी मान्छे उनी
उनी, उनै मेरी आमा।

पहिले कुरीति र कुसंस्कारको जालो देखेकी उनी
आफ्ना सन्तानको उज्ज्वल भबिष्य लेखेकी उनी
हिजोको त्यो अबुझ पिडीलाई झेलिआएकी उनी
आजको यो शिक्षित पिडिले पेलिआएकी उनी
उनी, उनै मेरी आमा।

एक हातमा गाग्री अनि अर्कोमा सन्तान धान्ने उनी
आफ्नो घरपरिवारलाई नै सारा संसार मान्ने उनी
हिजोको कठ्याङग्रिदो जाडो झेलिअाएकी उनी
आज पनि बेमौसमी वर्षाद छेलिरहेकी उनी
उनी, उनै मेरी आमा।

सन्तानको खुसीको लागि झण्डै खसम बिर्सेकी उनी
सँगै बाँच्नेमर्ने भनेर खाएको झण्डै कसम बिर्सेकी उनी
हिजो भिरमा घाँसको लागि हँसिया चलाएकी उनी
सन्तानका पिरमा आफ्ना कयौ रहर जलाएकी उनी
उनी, उनै मेरी आमा।

Comments

Popular posts from this blog

महसुश

के काम?

मौसम