आवेग
दुखाएउ मन मेरो तिम्ले तिमिसङ तर्कन मन छ
तिम्लाइ छोडि आफ्नै बाटो फर्कन मन छ।
म हुँदाहुदै तिम्ले अर्कै साथी खोजेउ?
तिमिसङ मलाई कड्कन मन छ
तिम्लाइ छोडि आफ्नै बाटो फर्कन मन छ।।
साथ खोज्दा तिम्रो मैले
जुन समाजको दियौ दुवाइ
तिम्रो वर्तमान देखेर तिमिसङ भड्कन मन छ
तिम्लाइ छोडि आफ्नै बाटो फर्कन मन छ।।।
साटेउ भावना सारा मसङ्ग
काटेउ जीवन अरुसङ्गै ?
भेटेर तिम्लाई रिसमा रन्कन मन छ
तिम्लाइ छोडि आफ्नै बाटो फर्कन मन छ।।।।
चटक्क छोडेर जादा तिम्ले
के बित्यो मनमा मेरो
थाहा छ तिमिलाइ?
ढुकेर बाटो तिम्लाइ पर्खन मन छ
तिम्लाइ छोडि आफ्नै बाटो फर्कन मन छ।।।।
Comments
Post a Comment