Posts

Showing posts from July, 2021

ढोगीहरू

आसक्ती र कामुकताले भरिएका मनोरोगीहरु भौतिकता र सांसारिक मोहका भुक्तभोगीहरु। छन् हेर जताततै जोगी नामका ढोगीहरु यत्रतत्र फैलिएका दानबभक्त जोगीहरू। हावामाजस्तै मनमा पसेका विषाक्तता कणहरू यत्रतत्रसर्वत्र फैलिएका अनियन्त्रित संक्रमणहरू। आस्थासँग खेल्न सिपालु देबरुपी दानवहरु स्वयंलाई देवदुत ठान्ने जोगिरुपी मानवहरु।

अभाव

बोल्दाबोल्दै सास हराएसरी तिमी हराएउ बिचैमा उसैगरी। न त बोली पूरा सुन्न नै पाए न त आफ्नो कुरा भन्न नै पाए। जाडोमा न्यानो घामबीच बादल लागेसरी तिमी हराएउ बिचैमा त्यसैगरी। न त घामको तापले सेक्न नै पाए न त मनको चिसो हावा फ्याक्न नै पाए। तिमी हराएउ उसैगरी आएकी थियौँ जसोगरी बस फरक त केवल मलाई पर्यो तिम्ले मलाई उतारेऊ मनबाट सहजै  गारो त मलाई पर्यो सकिन है कसैगरी।

तिमी

तिमी केवल तिमी हुनु, तिमी तिमी नै रहनु, तिमी अरुजस्तो नबन्नु किनकी अरु अरुजस्तै छन्, अरु अरुकै कुरा सुन्ने। त्यसैले तिमी अरुजस्तो नबन्नु, मेरो मात्र कुरा सुन्ने तिमी, तिमी तिमी जस्तै बन्नु, तिमी अहिले जस्तै रहनु।

बेमेल

नबुझ्नेलाई कुरा कसरी बुझाउ म, ऊ सुन्न चाहंदैन मन नभनी मान्दैन  सुनाउन उसलाई म खोज्ने ऊ कुरो सुन्नै नखोज्ने दुरी उत्तर - दक्षिणको बनेसी यात्रा पूर्व - पश्चिमको भएसी ऊ आगो म पानी बनेसी ऊ आकाश म पाताल भएसी नतीजा फरक बन्दो रैछ , ऊ आगोको खरानी म खोलीको लेऊ ऊ बलेसीको पानी म बगरको छेऊ ।

सुझाव

रहर कसका हुँदैनन् र? तर पूरा भएनन् भनी हतास नहुनु अलिअलि हावा त सबै हुन्छन्  तर बेमौसमी बतास नहुनु तिमी जे छौ ठीक छौ  बस हेर्ने नजरको फरक होला अरूलाई दोष नदिनु पिरबाधा आइपर्छन् जीवनमा  तर पीडामा कहिल्यै हठात नहुनु।

जिन्दगीको किताब

Image
जिन्दगीका धेरै आवरण देखिए, कतिमा गाता फेरिए कतिमा नाता फेरिए आवरणभित्रका ति पृष्ठहरु कति छिट्टै फर्किए कति नहेरी तर्किए कति पानामा आँखाहरु कतिचोटी कतिमा बारम्बार अडिए कतिमा वारपार टाढिए स्वादअनुसारका विधाहरूमा पाठक कति कवितामा रोकिए कति विविधतामा दोहोरिए कति लेखमा देखिए कति लेखामा जोखिए कति कथामा बाँधिए कति व्यथामा बाँडिए तर अहँ सिलसिला केही गरी रोकिएन पानाहरू थपिँदै गए पल्टिँदै गए रोकिदै गए दोहोरिदै गए ग्राहकका चाहाना सँगै बहाना सँगै मन रमाएसंगै अझै भनौं समयसँगै।

गरिबी

Image
गरिबका झुप्राहरुको अघि खिचिने ति फोटोहरूमा देखिँदैनन् तिनका अभावले बनेका ति फाटाहरु। दुई मुठ्ठी अन्न र चाउचाउका प्याकेटका रहरहरुमा अहँ! देखिँदैनन् आजलाई टारेका र भोलिलाई परेका कहरहरु। मन्दिरमा जोड्दा हातहरू, डुङ्गाको देउताले नि सुन्दैन रहरहरु लाग्दछ छैन भागमा अमृत, छुटेका छन् त केवल जहरहरु। उपचारका खातिर दुई हजारको ऋणले पसेका सहरहरूमा देखिँदैनन् फाटेको कपडाका हृदयभित्रका खण्डहरहरु। अघि बढाउन जसोतसो धकेलिएका जिन्दगीका ठेलाहरुमा देखिँदैनन् बैँश र उमेरले धकेल्दा धकेल्दै बनेका ठेलाहरू।