गरिबी

गरिबका झुप्राहरुको अघि खिचिने ति फोटोहरूमा
देखिँदैनन् तिनका अभावले बनेका ति फाटाहरु।
दुई मुठ्ठी अन्न र चाउचाउका प्याकेटका रहरहरुमा
अहँ! देखिँदैनन् आजलाई टारेका र भोलिलाई परेका कहरहरु।
मन्दिरमा जोड्दा हातहरू, डुङ्गाको देउताले नि सुन्दैन रहरहरु
लाग्दछ छैन भागमा अमृत, छुटेका छन् त केवल जहरहरु।
उपचारका खातिर दुई हजारको ऋणले पसेका सहरहरूमा
देखिँदैनन् फाटेको कपडाका हृदयभित्रका खण्डहरहरु।
अघि बढाउन जसोतसो धकेलिएका जिन्दगीका ठेलाहरुमा
देखिँदैनन् बैँश र उमेरले धकेल्दा धकेल्दै बनेका ठेलाहरू।

Comments

Popular posts from this blog

महसुश

के काम?

मौसम