जिन्दगीको किताब

जिन्दगीका धेरै आवरण देखिए,
कतिमा गाता फेरिए
कतिमा नाता फेरिए
आवरणभित्रका ति पृष्ठहरु
कति छिट्टै फर्किए
कति नहेरी तर्किए
कति पानामा आँखाहरु कतिचोटी
कतिमा बारम्बार अडिए
कतिमा वारपार टाढिए
स्वादअनुसारका विधाहरूमा पाठक
कति कवितामा रोकिए
कति विविधतामा दोहोरिए
कति लेखमा देखिए
कति लेखामा जोखिए
कति कथामा बाँधिए
कति व्यथामा बाँडिए
तर अहँ सिलसिला केही गरी रोकिएन
पानाहरू थपिँदै गए
पल्टिँदै गए
रोकिदै गए
दोहोरिदै गए
ग्राहकका चाहाना सँगै
बहाना सँगै
मन रमाएसंगै
अझै भनौं समयसँगै।

Comments

Popular posts from this blog

महसुश

के काम?

मौसम