ढोगीहरू

आसक्ती र कामुकताले भरिएका मनोरोगीहरु
भौतिकता र सांसारिक मोहका भुक्तभोगीहरु।
छन् हेर जताततै जोगी नामका ढोगीहरु
यत्रतत्र फैलिएका दानबभक्त जोगीहरू।
हावामाजस्तै मनमा पसेका विषाक्तता कणहरू
यत्रतत्रसर्वत्र फैलिएका अनियन्त्रित संक्रमणहरू।
आस्थासँग खेल्न सिपालु देबरुपी दानवहरु
स्वयंलाई देवदुत ठान्ने जोगिरुपी मानवहरु।

Comments

Popular posts from this blog

महसुश

के काम?

मौसम