अभाव

बोल्दाबोल्दै सास हराएसरी
तिमी हराएउ बिचैमा उसैगरी।
न त बोली पूरा सुन्न नै पाए
न त आफ्नो कुरा भन्न नै पाए।
जाडोमा न्यानो घामबीच बादल लागेसरी
तिमी हराएउ बिचैमा त्यसैगरी।
न त घामको तापले सेक्न नै पाए
न त मनको चिसो हावा फ्याक्न नै पाए।
तिमी हराएउ उसैगरी
आएकी थियौँ जसोगरी
बस फरक त केवल मलाई पर्यो
तिम्ले मलाई उतारेऊ मनबाट सहजै 
गारो त मलाई पर्यो सकिन है कसैगरी।

Comments

Popular posts from this blog

महसुश

के काम?

मौसम