बेमेल
नबुझ्नेलाई कुरा कसरी बुझाउ म,
ऊ सुन्न चाहंदैन
मन नभनी मान्दैन
सुनाउन उसलाई म खोज्ने
ऊ कुरो सुन्नै नखोज्ने
दुरी उत्तर - दक्षिणको बनेसी
यात्रा पूर्व - पश्चिमको भएसी
ऊ आगो म पानी बनेसी
ऊ आकाश म पाताल भएसी
नतीजा फरक बन्दो रैछ ,
ऊ आगोको खरानी म खोलीको लेऊ
ऊ बलेसीको पानी म बगरको छेऊ ।
Comments
Post a Comment