Posts

Showing posts from 2018

आभास

तिमी मेरो आदत भएकी छौं या म तिम्रो आदतमा छु खै कस्तो यो अनौठो र अद्भुत म तिम्रो तागतमा छु मन बारम्बार घायल हुन्छ तिम्रो कारण तैपनि म यस्तो मिठो आहतमा छु अजीव लाग्छ आफैप्रति यी दिनहरू हेर्दा खै म कस्तो तिम्रो चाहतमा छु। नदेख्दा तिम्लाई खै कस्तो हो यो बेचैनी भेटेपछि अहो कसरी म यस्तो राहत छु।

एकतर्फी

सधैंजसो तिम्रो, त्यो घरको ढोका, कति म धाई राखौं बुझ्छेउ भन्ने, आशमा त्यो आँगन, कति म आई राखौ। नहेरौ भन्छु तिम्लाई, मेरा यी नयनहरु, तिमीतिरै अडिन्छन् तिम्लाई पाउँदिन, भन्दाभन्दै तिम्रोपछि, कति म लाइ राखौ। सोच्छु कहिलेकाहीँ त, अब अति भो, बोल्दिन तिमीसंग म मनलाई सम्झाउन, नसकी भन हरेस, कति म खाई राखौं। तिम्रो सामु यी, शब्दहरू नी निरिह बन्छन्, थाहा छ मलाई तानिन्छेउकी धुनमा, यो विरहको गीत, कति म गाई राखौ।

जिन्दगीको किताब

जिन्दगीका धेरै आवरण देखिए, कतिमा गाता फेरिए कतिमा नाता फेरिए आवरणभित्रका ति पृष्ठहरु कति छिट्टै फर्किए कति नहेरी तर्किए कति पानामा आँखाहरु कतिचोटी कतिमा बारम्बार अडिए कतिमा वारपार टाढिए स्वादअनुसारका विधाहरूमा पाठक कति कवितामा रोकिए कति विविधतामा दोहोरिए कति लेखमा देखिए कति लेखामा जोखिए कति कथामा बाँधिए कति व्यथामा बाँडिए तर अहँ सिलसिला केही गरी रोकिएन पानाहरू थपिँदै गए पल्टिँदै गए रोकिदै गए दोहोरिदै गए ग्राहकका चाहानासँगै बहाना सँगै मन रमाएसंगै अझै भनौं समयसँगै।

एक्लो म

हरेक यात्रामा अक्सर प्रेम परिरहन्छ न ऊनी बोल्छिन न म नै बोल्छु केबल हाम्रा आँखा बोल्छन्, जुधिरहन्छ।। तर बीचमै उनको यात्रा  अचानक टुंगिन्छ । उनको यात्राको अन्त्यसंगै मेरो प्रेमयात्रा पनि टुंगिन्छ तर यात्रा चलिरह्यो र चलिरहन्छ ।। यही सिलसिला अक्सर चलिरहन्छ हरेक यात्रामा अनन्तकालसम्म। फेरिन्छन त केबल यात्रु, यात्रा र उनी फेरिदैन एउटै पात्र, उहि एक्लो म।।

अन्जान बाटो

हिजो संगसंगै जिउने भनेका ति कसमहरु एकअर्का बिना बाँच्नै नसक्ने ति खसमहरु अचानक मोडिदिन्छन ति बाटोहरु रोजिदिन्छन कलहका पाटोहरु बिनापानीसरि तढपिन्छन विचरा भुरा माछाहरु अन्योलमा पर्छन बिचसडकमा दुधे बाच्छाहरु। हिजो एउटै बन्धनमा बाँधिएका ति हत्कडीहरु संगै जोतौला भनी जोडिएका ति हलजोडिहरु सस्तै हिसाबको जोडघटाउमा फेर्दिन्छन हातहरु यात्राको बिचमा कतै तोड्दिन्छन अटुट साथहरु तर अलमलमा छन हेर ति विचरा भुराहरु खै कसरी सुल्झिने हुन यिनका भविष्यका कुराहरु। घाम र पानी बन्न नसक्दा फाटिएका सम्बन्धका चिराहरु कलिलै उमेरमा अनपेछित भोगिएका ति फगत पिडाहरु खै कस्ले छुट्याउने हुन यिनका ठिक बेठिकका लतहरु खै कसरी छुट्याउने हुन यिनले सहि गलतका संगतहरु।

नसुनाऊ......

सुन्नुछैन भो मलाई अब त्यसबारे नसुनाउँ कहाँ कसले कसरी लुटयो देशबारे नसुनाउँ यो कान थाकिसक्यो अब ज्यान दुःखिसक्यो के कसरी फेरियो दुनियाँ र भेषबारे नसुनाऊ देखिसके अब भोगिसके सारा दुनियाका रंगहरु कस्ले के कसरी फुलायो सेतै केशबारे नसुनाउ भुलीसके सबै कुरा खुलीसके सारा राजलिला कस्ले कसरी जित्यो त्यो खेल चेसबारे नसुनाऊ यहाँ आफ्नै कहानीले महाभारत बनाईसक्यो को के कसरी लड्यो र खायो ठेसबारे नसुनाउ बाँकी छैन केही आफ्नै ज्यान पनि छ लिलामीमा कसको कहाँ कति बच्यो शेषबारे नसुनाऊ आफ्नै विवेकले नि बुझ्दैन अचेल हो कि होइन केे कुरा कसरी गलत भयो या बेसबारे नसुनाउ सुन्नुछैन भो मलाई अब त्यसबारे नसुनाउँ कहाँ कसले कसरी लुटयो देशबारे नसुनाउँ

कथाले मागेपछि...

जब सीधा हिँड्छु भन्दाभन्दै टेढीन बाध्य बनाइएपछि जब नराम्रो सुन्दिन भन्दाभन्दै सुन्न बाध्य बनाइएपछि झुठ बोल्न र सुनाउन लाजै भागेपछि औंलालाई टेडो र दिमागलाई भेडो बनाउनुपर्दो रैछ कथाले मागेपछि। जब सत्य सबै सारमा सुनाउँछु भन्दाभन्दै सुन्नेले कुरा नसुनेपछि जब सम्झाउँछु बुझाउँछु भन्दाभन्दै बुझ्नेले बुझ पचाएपछि चोर्नेले चोरी बचाएपछि सोझोलाइ नि बांगो र सन्तलाइ नि नागों बनाउनुपर्दो रैछ कथाले मागेपछि।

संयोग मात्र हुनेछ

हुनसक्छ यो तिम्रो जीवनसँग मेल खाँदैन हुनसक्छ यो उस्को जीवनसँग नि मेल खाँदैन तर कसै न कसैको त जीवनसँग मेल खान्छ होला वास्तविक जीवनसँग मेल खादा आँसुको त भेल जान्छ होला। मेल त्यसैको खान्छ, जोसँग गराइन्छ जसलाई हेरेर कथा बनाइन्छ कथा त्यसैको हुनेछ जस्को हलचल खत्रा हुनेछ त्यै पनि सम्झाइन्छ वास्तविक जीवनसँग मेल खाएमा संयोग मात्र हुनेछ? यहाँ घुस खानेहरू खुलेआम छन इमानको खानेहरू गुमनाम छन तैपनि खानेले खायो भन्न नि इमानीको इमान गयो भन्न नि कथाकारले कथा लेखेजस्तो लेख्न आयोग मात्र हुनेछ तैपनि पुनश्च भिडाइनेछ वास्तविक जिबनसंग मेल खान गएमा संयोग मात्र हुनेछ।