Posts

Showing posts from 2020

बा

जस्ले कहिल्यै दुःख र आँशु देखाएनन् पीडाको अघि कहिल्यै गोडा टेकाएनन् जस्ले कहिल्यै व्ययभारलाई भार मानेनन् कहिल्यै जिन्दगीका काँडेतारलाई बार ठानेनन् मलाई उनको त्यो शालिनता सिक्नुछ मलाई त्यो असहजताबीचको सहजता बुझ्नु छ मलाई बिना आँशु पीडा लुकाउने कला सिक्नु छ मेरो "बा"को जस्तै बाँच्न सिकाउने कला सिक्नु छ।

मात छ अझैपनि...

उबेला तिम्ले कर्के नजरले हेरेको मलाई, हिजो जस्तै लाग्छ ती नजर फेरि देखें आज, तिनमा क्या बात छ अझै पनि झिमिक्क झिमक्याएको नसालु नजरको, क्या मात छ अझै पनि। हिजो सँगै हुँदा झुक्किएर तिम्रो मेरो हात अचानक छोइदा, त्यो स्पर्शको झटकाले यो ज्यान सिरिंग भएको, याद छ अझै पनि त्यो स्पर्सले लागेको करेण्टको त्यो झटकाको, मात छ अझै पनि। तिम्ले नजर मलाई दिएर मन अरु कसैलाई दिँदा, यी नजरका नानीको पानीले सिरानी भिजाएको त्यो रात, याद छ अझै पनि त्यै आँसुले सबेरै सम्म दुखाएको सिरको, त्यो मात छ अझै पनि।

तिमी

बोल्दाबोल्दै सास हराएसरी तिमी हराएउ बिचैमा उसैगरी। न त बोली पूरा सुन्न नै पाए न त आफ्नो कुरा भन्न नै पाए। जाडोमा न्यानो घामबीच बादल लागेसरी तिमी हराएउ बिचैमा त्यसैगरी। न त घामको तापले सेक्न नै पाए न त मनको चिसो हावा फ्याक्न नै पाए। तिमी हराएउ उसैगरी आएकी थियौँ जसोगरी बस फरक त केवल मलाई पर्यो तिम्ले त मलाई उतारेऊ मनबाट सहजै गारो त मलाई पर्यो अहँ सकिन है कसै।

कुरा...

केही विगतका छन् केहि भविस्यका कुरा कति अन्जानमै भए कति हुँदैनन् दुःखैले पूरा कति आजलाई साक्षी छन् कति रहने हुन अधूरा यी सब फगत हुँदै होइनन यी हुन् तिम्रा, मेरा, हामी सबका कुरा।

आवेग

दुखाएउ मन मेरो तिम्ले तिमिसङ तर्कन मन छ तिम्लाइ छोडि आफ्नै बाटो फर्कन मन छ। म हुँदाहुदै तिम्ले अर्कै साथी खोजेउ? तिमिसङ मलाई कड्कन मन छ तिम्लाइ छोडि आफ्नै बाटो फर्कन मन छ।। साथ खोज्दा तिम्रो मैले जुन समाजको दियौ दुवाइ तिम्रो वर्तमान देखेर तिमिसङ भड्कन मन छ तिम्लाइ छोडि आफ्नै बाटो फर्कन मन छ।।। साटेउ भावना सारा मसङ्ग  काटेउ जीवन अरुसङ्गै ? भेटेर तिम्लाई रिसमा रन्कन मन छ तिम्लाइ छोडि आफ्नै बाटो फर्कन मन छ।।।। चटक्क छोडेर जादा तिम्ले के बित्यो मनमा मेरो थाहा छ तिमिलाइ? ढुकेर बाटो तिम्लाइ पर्खन मन छ तिम्लाइ छोडि आफ्नै बाटो फर्कन मन छ।।।।

देशलाई दुख्दा, किन दुख्दैन?

न कालापानीमा दुःख्छ, न सुस्तामा दूख्छ, न त लिपुलेकमा नै दुख्छ, दुःख्नुपर्ने निकाय  किन यसरी सुत्छ, खै कता लुक्छ, की के कतिमा बिक्छ? सीमामा देश दुख्दा केन्द्रमा किन नेता नीतिमा कसैको केश दुख्दैन? वर्षामा उताको नहरले  यता पानी सुक्दैन हामीलाई डुबाउँछ आफू डुब्दैन यता सबै बुझेको मान्छेलाई आफ्नै देश डुब्दा किन दुख्दैन? सीमामा देश दुख्दा केन्द्रमा किन कसैको केश दुख्दैन?

मेरी आमा

चुलो-चौका, मेलापात सबै भोगेकी उनी बुहारी नी छोरी भन्ने सोच बोकेकी उनी हिजोको अशिक्षित समाजकी भान्छे उनी आजको शिक्षित वर्ग भोगेकी मान्छे उनी उनी, उनै मेरी आमा। पहिले कुरीति र कुसंस्कारको जालो देखेकी उनी आफ्ना सन्तानको उज्ज्वल भबिष्य लेखेकी उनी हिजोको त्यो अबुझ पिडीलाई झेलिआएकी उनी आजको यो शिक्षित पिडिले पेलिआएकी उनी उनी, उनै मेरी आमा। एक हातमा गाग्री अनि अर्कोमा सन्तान धान्ने उनी आफ्नो घरपरिवारलाई नै सारा संसार मान्ने उनी हिजोको कठ्याङग्रिदो जाडो झेलिअाएकी उनी आज पनि बेमौसमी वर्षाद छेलिरहेकी उनी उनी, उनै मेरी आमा। सन्तानको खुसीको लागि झण्डै खसम बिर्सेकी उनी सँगै बाँच्नेमर्ने भनेर खाएको झण्डै कसम बिर्सेकी उनी हिजो भिरमा घाँसको लागि हँसिया चलाएकी उनी सन्तानका पिरमा आफ्ना कयौ रहर जलाएकी उनी उनी, उनै मेरी आमा।

खै कस्ले?

Image
तिमी उसलाई सही भनेर दंग छौ म उसलाई गलत भनेर दंग छु हामी आफू आफैमा दंग छौ तर तिमी र म एउटा कुरामा छर्लङ्ग छौ की  पानी आउने ठाउँमा हावा आउने धारा छ सिंचाई हुनुपर्ने ठाउँमा अझै सुख्खा गरा छ तिम्लाई मलाई राम्रैसँग थाहा छ कि  यो देश बनाउनुपर्ने उसकै अभिभारा छ। तर तिमी उसको उखानमा मस्त छौ म उसको चुटकिलामा मस्त छु हामी आफू आफैमा मस्त छौ तर तिमी र म एउटा कुरामा व्यस्त छौ की चियाको चुस्कीमा बन्ने देश अझै किन बन्दैन गफमा अस्तिनै बन्ने देश अझै किन बन्दैन तिम्लाई मलाई राम्रैसँग थाहा छ कि उसको गस्तीमा बन्ने देश अझै किन बन्दैन। तर तिमी उसको कुरामा ताली बजाउँछौं म उसको कुरामा गाली भजाउँछु म तिम्लाई बजाउँदैछु तिमी मलाई बजाउँदैछौ हामी आफू आफैमा खाली बजाउँदैछौं तर तिमी र म एउटा कुरामा अझै अन्जान नै छौ की तिम्लाई मलाई कस्ले, कसरी र किन बजाउँदैछ।