Posts

Showing posts from 2021

ढोगीहरू

आसक्ती र कामुकताले भरिएका मनोरोगीहरु भौतिकता र सांसारिक मोहका भुक्तभोगीहरु। छन् हेर जताततै जोगी नामका ढोगीहरु यत्रतत्र फैलिएका दानबभक्त जोगीहरू। हावामाजस्तै मनमा पसेका विषाक्तता कणहरू यत्रतत्रसर्वत्र फैलिएका अनियन्त्रित संक्रमणहरू। आस्थासँग खेल्न सिपालु देबरुपी दानवहरु स्वयंलाई देवदुत ठान्ने जोगिरुपी मानवहरु।

अभाव

बोल्दाबोल्दै सास हराएसरी तिमी हराएउ बिचैमा उसैगरी। न त बोली पूरा सुन्न नै पाए न त आफ्नो कुरा भन्न नै पाए। जाडोमा न्यानो घामबीच बादल लागेसरी तिमी हराएउ बिचैमा त्यसैगरी। न त घामको तापले सेक्न नै पाए न त मनको चिसो हावा फ्याक्न नै पाए। तिमी हराएउ उसैगरी आएकी थियौँ जसोगरी बस फरक त केवल मलाई पर्यो तिम्ले मलाई उतारेऊ मनबाट सहजै  गारो त मलाई पर्यो सकिन है कसैगरी।

तिमी

तिमी केवल तिमी हुनु, तिमी तिमी नै रहनु, तिमी अरुजस्तो नबन्नु किनकी अरु अरुजस्तै छन्, अरु अरुकै कुरा सुन्ने। त्यसैले तिमी अरुजस्तो नबन्नु, मेरो मात्र कुरा सुन्ने तिमी, तिमी तिमी जस्तै बन्नु, तिमी अहिले जस्तै रहनु।

बेमेल

नबुझ्नेलाई कुरा कसरी बुझाउ म, ऊ सुन्न चाहंदैन मन नभनी मान्दैन  सुनाउन उसलाई म खोज्ने ऊ कुरो सुन्नै नखोज्ने दुरी उत्तर - दक्षिणको बनेसी यात्रा पूर्व - पश्चिमको भएसी ऊ आगो म पानी बनेसी ऊ आकाश म पाताल भएसी नतीजा फरक बन्दो रैछ , ऊ आगोको खरानी म खोलीको लेऊ ऊ बलेसीको पानी म बगरको छेऊ ।

सुझाव

रहर कसका हुँदैनन् र? तर पूरा भएनन् भनी हतास नहुनु अलिअलि हावा त सबै हुन्छन्  तर बेमौसमी बतास नहुनु तिमी जे छौ ठीक छौ  बस हेर्ने नजरको फरक होला अरूलाई दोष नदिनु पिरबाधा आइपर्छन् जीवनमा  तर पीडामा कहिल्यै हठात नहुनु।

जिन्दगीको किताब

Image
जिन्दगीका धेरै आवरण देखिए, कतिमा गाता फेरिए कतिमा नाता फेरिए आवरणभित्रका ति पृष्ठहरु कति छिट्टै फर्किए कति नहेरी तर्किए कति पानामा आँखाहरु कतिचोटी कतिमा बारम्बार अडिए कतिमा वारपार टाढिए स्वादअनुसारका विधाहरूमा पाठक कति कवितामा रोकिए कति विविधतामा दोहोरिए कति लेखमा देखिए कति लेखामा जोखिए कति कथामा बाँधिए कति व्यथामा बाँडिए तर अहँ सिलसिला केही गरी रोकिएन पानाहरू थपिँदै गए पल्टिँदै गए रोकिदै गए दोहोरिदै गए ग्राहकका चाहाना सँगै बहाना सँगै मन रमाएसंगै अझै भनौं समयसँगै।

गरिबी

Image
गरिबका झुप्राहरुको अघि खिचिने ति फोटोहरूमा देखिँदैनन् तिनका अभावले बनेका ति फाटाहरु। दुई मुठ्ठी अन्न र चाउचाउका प्याकेटका रहरहरुमा अहँ! देखिँदैनन् आजलाई टारेका र भोलिलाई परेका कहरहरु। मन्दिरमा जोड्दा हातहरू, डुङ्गाको देउताले नि सुन्दैन रहरहरु लाग्दछ छैन भागमा अमृत, छुटेका छन् त केवल जहरहरु। उपचारका खातिर दुई हजारको ऋणले पसेका सहरहरूमा देखिँदैनन् फाटेको कपडाका हृदयभित्रका खण्डहरहरु। अघि बढाउन जसोतसो धकेलिएका जिन्दगीका ठेलाहरुमा देखिँदैनन् बैँश र उमेरले धकेल्दा धकेल्दै बनेका ठेलाहरू।

के काम?

Image
जाँदैन दाग त्यो घाउको भने अब धोएर के काम जानु थियो गैसक्यो, उस्को लागि अब रोएर के काम। छुटिसक्यो ऊ तिमीबाट अब फर्किन्न कहिल्यै पनि सास छाडिसक्यो बोल्दैन मुर्दा, भने अब छोएर के काम। हुँदैन भन्दाभन्दै  जस्को पछि लागेउ ज्यूज्यान दिएर फर्किदैन तिमीतिर उ, ढुङ्गाको मुर्ति अब ढोगेर के काम। समय अनि मान्छेको मन सधैं एकनास कहिले थियो र? निष्ठुरीलाई बिर्सिन्छु भन्दै, रक्सी अब धोकेर के काम। अरु अघि बढिसके म त ज्युकात्यु छु केही गर्नलाई ढिलो भयो बर्बाद भए म, भन्दै अब सोचेर के काम।

आभार!

Image
आभार! ती मनप्रति जो छोटो समयलाई भेटिए छोटो समयमै छुट्टिए न भेटिने कारण बताए न छुट्टिने बहाना बताए बस छुट्टिए केही नभनी आभार! त्यो छोटो साथको लागि ! आभार! ति बोलिप्रति जो दुई दिनअघि हौसिदै फुटे जो दुइदिनपछि नैरासिदै छुटे न हौसिने चाहना थाहा भयो न नैरासिने बहाना थाहा भयो बस छुट्टिए केही नबोली आभार! त्यो छोटो उत्साह प्रति! आभार! त्यो साथ जो महिनौ रह्यो जो निस्वार्थ जोडिए जो स्वार्थसँग छोटिए न जोडिनुको औचित्य बुझियो न छोटिनुको दूरी भेटियो बस छुट्टिए कुरै नगरी आभार! त्यो पलभरको साथ प्रति !

चिया

Image
जब कित्लीमा पानी उम्लिदै मस्किन्छ तब पत्तीसंगै चिनी बेजोडले मच्चिन्छ चिनी,पानी र पत्तीलाई एकछिन आगोले डढाउछ अनि एउटा स्वादिलो घोलको मिश्रण बनाउछ तब नाकले उत्ताउलो बन्दै मगजलाई तान्छ अनि जिब्रोले आत्तिदै दुधसंग मिलाएर माग्छ तब दाँतले हर्षित हुँदै ओठलाई उठाउछ अनि फोक्सोले पनि लामो सास मगाँउछ तब ओठको आड लिँदै चियाले जिब्रो समाउछ अनि शरिरको स्नायुप्रणाली एक किसिमले रमाउछ जस्को एक चुस्कीले यो मगज शान्त रहन्छ जिब्रोले छोएपछि कोलाहाल जगत शान्त बन्छ त्यो चुस्कीको नशा छुट्टै छ चुस्कीपछि मगजको दशा छुट्टै छ। सोच्दा त लाग्छ यो नशा कस्तो पियाको हो तर साथी,नशा होइन मजा यस्तो चियाको हो।

समान कहाँ हुन्छन?

ईश्वरका सृष्टी समान कहाँ हुन्छन र? बनावट, विचार समान कहाँ हुन्छन र? एक ईश्वर आमा घरमै त हुन्छिन उनकै सृष्टि नि समान कहाँ हुन्छन र? कुनै सन्तान समानान्तर रेखाजस्तै सँगसँगै आकर्षक हुन्छन् कोही समान ध्रुव चुम्बकका जस्तै नजिकिँदा विकर्षण हुन्छन्। समान कहाँ हुन्छन् र?